डा. गोविन्द केसीका समर्थकहरुले आज काठमाडौंमा सामूहिक गिरफ्तारी दिने भएका छन् ।
डा. केसीसँग गरिएको सहमति अनुसार मात्रै चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्नेमा जोड दिँदै उनीहरुले आज सामूहिक गिरफ्तारी दिने तयारी गरेका हुन् । आज उनीहरुले संसद भवन बानेश्वर र थ्री ब्रदर्श पम्पमा कार्यक्रम गरि गिरफ्तारी दिने तयारी थालेका छन् ।
डा केसीसँग गरिएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक संसदबाट आजै पारित गर्ने तयारीमा सरकार छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने पेलेर जान खोजिए मुठभेडको अवस्था आउन सक्ने चेतावनी दिइसकेको छ।
डाक्टर केसी विगत १६ दिनदेखि अनसनमा छन्।































प्रतिक्रिया