काठमाडौँ । शनिबार बिहान काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौँको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो ।
काठमाडौँबाहेक देशैभर चिसो क्रमशः बढ्दै गएको छ । जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएको छ ।
त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुईदेखि माइनस ३ सम्म झरेको छ। । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ ।
यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको थियो ।





























प्रतिक्रिया