काठमाडौँ । सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार उत्तरदायी हुनुपर्ने बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५ औँ वार्षिक साधारण सभामा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले अहिले गरेको प्रयत्न भनेको सरकार रेस्पोन्सिभ हुनपर्यो । के मा रेस्पोन्सिभ हुनपर्यो भन्दा दूध किसानहरूको वर्षैँदेखिको भुक्तानीको समस्या छ, त्यसमा सरकार रेस्पोन्सिभ हुनपर्यो भनेर अघिल्लो पटक हामीले ६० करोड दशैँअघि सरकार रेसपोन्सिभ छ है भनेर छुट्टयायौँ । त्यो पर्याप्त थिएन । उखु किसानहरूको जहिलेको समस्या छ । सरकार रेस्पोन्सिभ नै छैन । ’
सञ्चारमन्त्री गुरुङले नीतिहरू अपडेट हुन नसकेको समस्या रहेको बताए । उनले भने, ‘ सरकारको पोलिसीहरू अपडेट हुन नसकेको समस्या छ । एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा असमझदारी छ ।’





























प्रतिक्रिया