काठमाडौँ
परम्परागत शैली ,प्रविधि र सामाग्रीको प्रयोग गरी पुनर्निर्माण शुरु गरेको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माण गर्न करिब १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्ने भएको छ ।
ती मध्ये पहिलो चरणमा हालसम्म ८ सय १४ क्युफिट काठ ल्याइ सकिएको छ । नेपाल टिम्बर अफ कर्पोरेशनको सहयोगमा बर्दिवासबाट काठ ल्याइएको हो । समितिले करिब १५ प्रतिशत काठ पुनप्रयोग हुने जनाएको छ ।
सातौ शताब्दीमा निर्माण भएको काष्ठमण्डपको पुननिर्माण गर्न ठुलो र सानो आकारको गरी २ लाख थान माःअप्पा इट्टा लाग्ने अनुमान गरिएको छ ।
ठुलो आकारको ९० हजार र सानो आकारको १ लाख १० हजार थान इट्टा आवश्यक पर्ने समितिले जनाएको छ । २०७२ साल बैशाख १२ गतेको शक्तिशाली भुकम्पबाट ध्वस्त भएको काष्ठमण्डपको पुनर्निर्माण शुरु भएको करिब ३ महिनापछि काठमाडौंको पहिचान गराउने काष्ठमण्डपले आकार ग्रहण गरेको छ । काष्ठमण्डप पुननिर्माण समितिले कार्तिक २२ गतेदेखि पुनर्निर्माण शुरु गरेको हो ।
कामपाको आर्थिक सहयोगमा निर्माण हुन लागेको काष्ठमण्डपको हालसम्म भएको प्रगतिबारे जानकारी गराउदै समितिका अध्यक्ष एवं प्रदेश सांसद राजेश शाक्यले तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न हुने दाबी गर्नुभयो ।
उहाले काम थालेको तीन वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । कार्ययोजनाबारे जानकारी गराउदै अध्यक्ष शाक्यले भन्नुभयो–गएको मंसिर १५ गते मा इट्टा ल्यायौ इः लोह निर्माण सम्पन्न ग¥यौ, त्यस्तै पुस १५ मा ठुलो र सानो आकारको इट्टा ल्याएर काम सुचारु भएको छ ।
तीन तले काष्ठमण्डप अबको ४ दिन भित्र मुख्य चार थाम उठाउने र २०७६ साल असार भित्र पहिलोे तला सम्पन्न गर्ने योजना बनाएका छौ – उहांले भन्नुभयो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया