कप्तान कुशलको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

कप्तान कुशलको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जनकपुरविरुद्ध ब्याटिङ गरेको चितवनले कप्तान कुशल मल्लको अर्धशतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

चितवनका लागि कप्तान कुशल मल्लले ४१ बलमा ३ चौका र ७ छक्कासहित ७२ रन प्रहार गरे । रवि बोपारा ४४ रन बनाएर आउट भए । चितनवका हसन एइसाखिलले २८, विपिन रावतले ३, सन्तोष कार्कीले १४ र सोहिल तानविरले ५ रन बनाए ।

बलिङमा जनकपुरका ललित राजवंशीले दुई, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले एकएक विकेट लिए ।

Skip This
Skip This
Logo