काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सविरुद्ध काठमाडौं गुर्खाजको छैटौं विकेट पतन भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले छैटौं विकेटका रुपमा राशिद खानलाई १४ रनमा गुमाएको हो । उनको विकेट कप्तान सन्दीप लामिछानेले लिएका हुन् । उनको यो व्यक्तिगत तेस्रो विकेट हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो ।
विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । दीपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे ।
विराटनगरका लागि लोकेश बमले आठ, सुवास भण्डारीले छ, इस्मत आलमले पाँच र क्रिस सोलले एक रनको योगदान दिए । यो खेलमा विराटनगरले अतिरिक्त १२ रन प्राप्त गरेको थियो ।
बलिङतर्फ काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, दिपेश कँडेलले दुई विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एक/एक विकेट लिए ।





























प्रतिक्रिया