सरकार र निजी क्षेत्रबीच समन्वय हुन नसक्दा अटो क्षेत्र प्रभावित भएको छः नाडा अध्यक्ष चौधरी

सरकार र निजी क्षेत्रबीच समन्वय हुन नसक्दा अटो क्षेत्र प्रभावित भएको छः नाडा अध्यक्ष चौधरी

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपालको आर्थिक गतिविधि चलायमान हुन नसकेको बताएका छन् ।

नाडाको ४८ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष चौधरीले नेपालको अर्थतन्त्र जुन हिसाबले चलायमान हुनुपर्ने हो त्यसरी नभएको बताएका हुन् ।

उनले सरकार र निजी क्षेत्रबीच समन्वय हुन नसक्दा अटो क्षेत्र प्रभावित बन्न पुगेको जनाएका छन् । ‘हामी स्वच्छ सम्बन्ध राख्न चाहन्छौँ । तर सरकारबाट सहयोग भएन । ईभीलाई प्रोत्साहन गर्नाका लागि सरकारले दीर्घकालीन योजना ल्याउन नसक्दा अटो क्षेत्र प्रभावित भएको छ ।’

अध्यक्ष चौधरीले अटो क्षेत्रले नेपालको अर्थतन्त्रमा २० प्रतिशत योग्दान पुर्‍याएको जानकारी गराउँदै १ लाखभन्दा बढीलाई रोजगारी दिएको दाबी गरेका छन् । अटो क्षेत्रले बीमामा ५० प्रतिशतभन्दा बढी योगदान गराएको उनको भनाइ छ ।

अध्यक्ष चौधरीले अगाडि भने, ‘अटोमोबाइल्स सेक्टरबाट धेरै पलायन भइरहेका छन् । के हाम्रो देशमा यो क्षेत्रबाट मात्र पलायन हुने हो ? हामी उद्योग खोल्न चाहन्छौँ । लगानी बढाउन चाहन्छौँ । तर औद्योगीकरणको नीति खोइ ?’

पछिल्लो समय नेपालमा ईभी गाडीको प्रयोग बढेको छ । तर दुई पाङ्ग्रेमा विद्युत्करण हुन सकेको छैन । निजी क्षेत्रले चार्जिक स्टेसन विस्तार गरिरहेका छन् । तर प्राधिकरण सक्रिय भएर लाग्न नसकेको चौधरीको भनाइ छ ।

चौधरीले विद्युतीय सवारी सञ्चालनको रणनीति बनाएर आगामी दिनमा सुधारउन्मुक वातावरण बनाउन माग गरेका छन् । ‘ईभी सम्बन्धी नीति आउनुपर्छ ‌। अहिलेको भन्सार नीति परिवर्तन गर्नुपर्छ । मौद्रिक नीतिले अटोमोबाइल्सले कहिल्यै पनि सम्बोधन गर्न सकेन । अहिलेको अवस्थामा अटो चलायमान गर्न सकेन भने अटो विलय हुने अवस्था छ ।’ उनले भने ।

Skip This
Skip This
Logo