नेपाल प्रिमियर लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध टस जित्दै पहिले बलिङ गरेको सूदुरपश्चिम रोयल्सले दोस्रो विकेट लिएको छ ।
सूदुरपश्चिमका स्कट कुग्गेलिजनले बाबर हयातको विकेट लिएका हुन् । यसअघि पहिलो विकेटका रुपमा हर्मित सिंहले कर्णालीका रित गौतमलाई आउट गरेका थिए ।
अहिले कर्णाली सूदुरपश्चिमविरुद्ध २ ओभरमा २ विकेट गुमाउँदै १५ रन बनाएर खेलिरहेको छ । यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ। सुदूरपश्चिम र कर्णालीको खेलसँगै प्लेअफ पुग्ने चार टोली र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्नेसँगै एलिमिनेटर टिमको टुंगो लाग्नेछ।
जनकपुर, सुदूरपश्चिम र चितवनले प्लेअफ पुग्ने निश्चित भए पनि कर्णाली र काठमाडौंमध्ये कुन टिम प्लेअफमा पुग्ने भन्ने निश्चित भइसकेको छैन।































प्रतिक्रिया