जित्नै पर्ने खेलमा १०१ रनमै रोकियो कर्णाली, हरमीत सिंहले लिए ३ विकेट

जित्नै पर्ने खेलमा १०१ रनमै रोकियो कर्णाली, हरमीत सिंहले लिए ३ विकेट

केन्द्रबिन्दु
27
Shares

जित्नै पर्ने खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा पूरै १० विकेट गुमाएर १०१ रन बनाएको हो ।

प्ले अफ चरणमा पुग्न आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको खेलमा पनि कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न सकेनन् । टोलीको कुल स्कोर ५० रन पुग्नु अगावै कर्णाली याक्सले आफ्नो महत्त्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।

कर्णाली याक्सका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान गरे । टोलीका ओपनर ब्याट्सम्यान बाबर हायात भने नौ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए ।

Skip This
Skip This
Logo