एनपीएल: रोहितले व्यक्तिगत साख जोगाउँदा अन्य मार्की खेलाडीले कस्तो प्रदर्शन गरे ? [भिडियोसहित]

एनपीएल: रोहितले व्यक्तिगत साख जोगाउँदा अन्य मार्की खेलाडीले कस्तो प्रदर्शन गरे ? [भिडियोसहित]

केन्द्रबिन्दु
135
Shares

काठमाडौँ । मंसिर १५ गतेदेखि सुरु भएको नेपाली क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग(एनपिएल)को समूहचरण सकिएसँगै शीर्ष ४ टोली प्लेअफमा प्रवेश गरेका छन् । २१ दिनसम्म चल्ने एनपीएलले अब उत्तरार्धमा आइपुग्दा शीर्ष ४ मा सूदुरपश्चिम रोयल्स, जनकपुर बोल्ड्स, चितवन राइनोज र कर्णाली याक्सलाई पाएको हो ।

अहिलेसम्मको प्वाइन्ट टेबलको अवस्था हेर्ने हो भने सूदुरपश्चिम १२ अंकका साथ शीर्ष स्थान ओगट्दै उत्कृष्ट ४ मा स्थान बनाइरहँदा अर्कोतफ जनकपुर बोल्ड्स पनि १० अंकका साथ दोस्रो हुँदै उत्कृष्ट ४ मा स्थान बनाइसकेको छ । यसैगरी चितवन र कर्णाली याक्सले पनि समान ८–८ अंकका साथ तेस्रो र चौथो स्थान ओगट्दा समान ८ अंक बोकेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पर्दा समूह चरणबाटै बाहिरिएको छ ।

अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् भने तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटर राउण्डमा भिड्नेछन् । बुधबार बिहान इलिमिनेटर र दिउँसो पहिलो क्वालिफायर सुरु हुनेछ । पहिलो क्वालिफायर जित्ने टोलीले सिधै फाइनल प्रवेश पाउने छ भने हार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ । यता इलिमिनेटर जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली सिधै बाहिरिनेछ ।

तर रिपोर्टमा हामीले शीर्ष ४ मा जाने टोलीका बारेमा नभएर समग्र प्रतियोगिताको समूचरणमा ८ वटै टोलीका मार्की खेलाडीहरूले कस्तो प्रदर्शन गरे भनेर समग्र खेल अवधिभरको खेललाई विश्लेषण गरेर यो रिपोर्ट तयार गरेका छौँ ।

Logo