जापानको होन्डा र निसानबीच मर्जरका लागि प्रारम्भिक वार्ता

जापानको होन्डा र निसानबीच मर्जरका लागि प्रारम्भिक वार्ता

केन्द्रबिन्दु
9
Shares

टोकियो । जापानको अटो कम्पनी होन्डा र निसानबीच एकीकरण (मर्जर) का लागि प्रारम्भिक छलफल शुरु भएको छ ।

यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएको छ ।

यी दुई कम्पनीबीच गत मार्चमा विद्युतीय सवारी साधनमा रणनीतिक साझेदारी गर्न सहमति भएको विश्लेषकहरूले बताएका छन् ।

होन्डाका एक प्रवक्ताले भने, “सम्भावित एकीकरणको सम्भावनाबारे छलफल भइरहेको छ । हामी भविष्यमा होन्डा र निसानबीच सहयोगका लागि सम्भावनाहरूबारे छलफल गरिरहेका छौँ तर केही निर्णय गरिएको छैन” ।

निशानले भनेको छ, “यस वर्षको मार्चमा घोषणा गरिएअनुसार होन्डा र निसानले भविष्यमा सहकार्यका लागि विभिन्न सम्भावनाको खोजी गरिरहेका छन् ।”

निशानले भनेको छ, “यदि कुनै अद्यावधिकहरू भएमा हामी उपयुक्त समयमा हाम्रा सरोकारवालाहरूलाई सूचित गर्नेछौँ ।”

विशेष गरी निशानले गत महिना नौ हजार रोजगारी कटौतीको घोषणा गरेको थियो र यसको वार्षिक बिक्री पूर्वानुमान घटाएको थियो । प्रारम्भिक छलफल शुरू भएको घोषणाले बुधबारको सुरुवाती कारोबारमा निशानको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो भने होन्डाको शेयर एक प्रतिशतभन्दा बढीले घटेको थियो । मित्सुबिशी मोटर्सको शेयर मूल्य १४ प्रतिशतले बढेको छ ।

Skip This
Skip This
Logo