अब विदेश जाँदा दुई सय डलर मात्र लैजान पाइने

अब विदेश जाँदा दुई सय डलर मात्र लैजान पाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अब वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले राहदानी वापत अधिकतम दुई सय अमेरिकी डलरभन्दा बढी सटही गर्न नपाउने भएका छन् ।

राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । यसअघि यस्तो प्रयोजनका लागि पाँच सय अमेरिकी डलरसम्म साट्न पाउने व्यवस्था थियो ।

विदेशी मुद्राको संचिती घटेका कारण यसलाई नियन्त्रण गर्न पुरानो व्यवस्थालाई संशोधन गरिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दिए ।

‘यसलाई नियन्त्रण गर्नुपर्ने देखिएको छ’, उनले भने ‘आखिर विदेश जानेले लैजाने एक/दुई सय डलर मात्रै हो’, उनले भने ‘बाँकी यही दुरुपयोग हुने गरेकाले यसलाई नियन्त्रण गर्न यसो गरिएको हो ।’
अन्नपूर्णबाट

Logo