काठमाडौँ । सिप्रदी एस्योर्डले ‘ईयर इन्ड सेल’ स्किम ल्याएको छ । कम्पनीले आफूसँग स्टकमा भएका कारको बिक्री बढाउन नयाँ स्किम ल्याएको हो । स्किम डिसेम्वर ३१ सम्म लागू हुने जनाइएको छ ।
स्किम अवधिमा ग्राहकले जुनसुकै पुरानो गाडीसँग टाटाको ब्रान्ड न्यू कार तथा कम्पनीसँग उपलब्ध पुरानै कार समेत एक्सचेन्ज गर्न सक्नेछन् । सिप्रदी एस्योर्डसँग उपलब्ध विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड कारलाई उचित मूल्यमा बिक्री गरिने कम्पनी भनाइ छ ।
कम्पनीले सकेन्ड ह्यान्ड कारको खरिदमा आकर्षक उपहारदेखि फाइनान्स सुविधा समेत उपलब्ध गराउँदै आएको छ । यसैगरी, एकजना भाग्यशाली बिजेतालाई लक्कि ड्रमार्फत विशेष उपहार समेत प्रदान गरिनेछ । पुरानो कार दिएर पुरानै कार एक्सचेन्ज गर्न आउने उपभोक्तालाई उनीहरुको कारमा उच्चतम मूल्यांकन दिइने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया