विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

केन्द्रबिन्दु
0
Shares

धरानको साँगुरीगढी–८ सेम्बोपास्थित बालकल्याण प्राविका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित जाडोको न्यानो कपडा वितरण गरिएको छ । बिद्यालय कक्षा ५ सम्मका विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको लायन्स क्लब अफ धरान इष्टका अध्यक्ष राजीव दाहालले जानकारी दिए ।

गायक प्रकाश पौडेल र दुवईमा कार्यरत अन्य नेपालीहरूबाट सङ्कलित ५५ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो । विद्यार्थीहरूलाई ५४ थान टाउजर र ५४ थान स्वेटरसहित खेलकुद सामग्री प्रदान गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि ब्लाष्ट दैनिकका उप–प्रबन्ध निर्देशक दीपेन्द्रकुमार कार्कीलगायतले विद्यार्थीहरूलाई सामग्री वितरण गरेका थिए ।

सहयोग जुटाउनेहरुमा गायक पौडेलसहित जीवन भुषाल, निर्मल आचार्य, भट्टराई किङ, नेपाली सेर गोप (शङ्कर), भेडेटार होटल एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली, लायन्स क्लब अफ बुढानिलकण्ठका अखण्ड पोखरेललगायत रहेका छन्।

Skip This
Skip This
Logo