काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले तेस्रो विकेट पनि गुमाएको छ ।
टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीको ६.५ ओभरमा ४९ रन बनाउँदा तेस्रो विकेट पतन भएको हो । ११ बलमा १२ रन जोडेका जिशन मक्सुदलाई मोहसिनले पवेलियन फर्काएका हुन् ।
यसअघि दोस्रो ओभरको पहिलो बलमै ललित राजवंशीले कोल्सावालाई १ रनमै आउट गरेका थिए । ललित एनपीएलकै सर्वाधिक विकेटका प्रमुख दाबेदार हुन् । साथै कर्णालीले ५.१ ओभरमा ओपनर देव खनाललाई गुमाएको हो । उनी २० बलमा २४ रन जोडेर आउट भए । उनको विकेट जिमी निशमले पहिलो बलमै लिएका थिए ।































प्रतिक्रिया