सिद्धार्थ बैंककाे भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा, के छन् सुविधा ?

सिद्धार्थ बैंककाे भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा, के छन् सुविधा ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । सिद्धार्थ बैंकले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

कार्डलाई बिहीबार त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)को खेल समाप्तिपछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलले यसकाे सार्वजनिक गरेका हुन् । याे प्लाटिनम क्रेडिट कार्य भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो ।

कार्डका सुविधाहरू-

-प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वर्षमा दुई पटकसम्म एयरपोर्ट लङ्गमा निःशुल्क प्रवेश पाउने

-ग्राहकहरूले कार्डको प्रयोग गरी ४५० भन्दा बढी यूएनओ मर्चेन्टमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने

-यो कार्ड प्राओरिटी बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिने र उक्त कार्ड प्रयोग गर्ने ग्राहकले बैंकिङ सेवामा प्राथमिकता पाउने

-प्लाटिनम क्रेडिट कार्ड नेपाल, भुटान र भारतमा प्रयोग गर्न सकिने

-उक्त कार्डका लागि सुरुवाती ३ महिनाभित्र आवेदन दिने ग्राहकहरूलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिने ।

प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरूलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।

Logo