काठमाडौं । भारत मोविलिटीका सन्दर्भमा नेपालस्थित भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुबीच काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अन्तर्क्रिया कार्यक्रममा इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउन्सील अफ इण्डियाका तर्फबाट पल्लवी साह, सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफ्याक्चर्स (सीयाम)का तर्फबाट देवासिस मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरीबीच रोड्स शो अन भारत मोविलिटी ग्लोवल एक्सपोको सम्बन्धमा विस्तृत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अन्तर्क्रियामा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोवाइल क्षेत्रका विविध पक्षहरुका सम्बन्धमा चर्चा गर्दै नेपालको अटोमोवाइल क्षेत्रको प्रवद्र्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताए ।
यही २०२५ जनवरीको १७ देखि २२ सम्म सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफ्याक्चर्स (सीयाम)को पहलमा भारतको नयाँ दिल्लीको भारतमण्डप, यसोभूमि द्धारिका र ग्रेटर नोयडामा भारत मोविलिटी अन्तर्गत अटो एक्स पो—दि मोटर शो २०२५ हुन लागेको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नाडाको तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समितिका सदस्यद्धय कपिल शिवाकाटी, यमुना श्रेष्ठ, प्रकाश कपुरी, ऋद्धि कार्की, दिपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, निलमणी पाठक, अभिक ज्योती, दिपकराज गिरी, नविनकुमार पारख र नारायणप्रसाद पौडेलसमेतको उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया