काठमाडौँ
सडक तथा भीरपाखा सम्याउन प्रयोग हुने ‘डोजर’ सिंहदरबारभित्र चलेको देख्दा धेरैलाई अनौठो लागेको छ । विगत नौ दिनदेखि बिहान ७.०० बजेबाट नियमित रुपमा डोजर चलिरहँदा चासो धेरैको चासो बढेको छ ।
सुन्दर सिंहदरबार निर्माणका लागि अभियानको थालनी डोजरबाट आरम्भ भएको छ । नेपाल सरकारको केन्द्रीय प्रशासनिक मुख्यालय सिंहदरबारक्षेत्रलाई सफा सुन्दर, आकर्षक हरियाली र व्यवस्थित बनाउन सिंहदरबारभित्र डोजर चलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्री र सचिवले जनताको लागि काम गर्ने कार्यालयहरु नै सफा र व्यवस्थित नहुँदा त्यसको प्रभाव प्रदेश र स्थानीय सरकारसम्म पर्ने भएकाले मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतमा बसेको एक बैठकले सिंहदरबार परिसर व्यवस्थापन सम्वन्धी २६ बुँदे निर्णयहरू गरिएको थियो ।
ती निर्णयहरूलाई क्रमशः कार्यान्वयन गर्ने क्रममा सिंहदरबारभित्रको फोहर व्यवस्थापन गर्न डोजर नै चलाउन परेको प्रवक्ता कुँवरले स्पष्ट पार्नुभएको हो । डोजर चलाएको सोमबार नौ दिन पुगेको छ । उहाँले भन्नुभयो, ‘अझै कतिपय स्थानमा थुप्रेको फोहर व्यवस्थित गर्न सकिएको छैन ।’
गोरखापत्रबाट





























प्रतिक्रिया