काँग्रेसको छाया सरकारमा मन्त्रीका लागि विनोद चौधरीदेखि उमेश श्रेष्ठ सम्मको दाबी

काँग्रेसको छाया सरकारमा मन्त्रीका लागि विनोद चौधरीदेखि उमेश श्रेष्ठ सम्मको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन् ।

पार्टीका ६३ सांसदलाई इच्छाएका तीनवटा मन्त्रालय प्राथमिकता अनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छाया मन्त्रीमा दाबेदारी पेस गरेका हुन् । प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग तथा वाणिज्य र श्रेष्ठले शिक्षा, ऊर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन् ।

२४ पुसमा बसेको कांग्रेस संसदीय दलको बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो । तर १४ दिनसम्म ६३ मध्ये २८ सांसदले मात्र छाया मन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् ।
नयाँ पत्रिकाबाट

Logo