कांग्रेसले अवरुद्ध गरेपनि आज विधेयक पारित गर्ने तयारी

कांग्रेसले अवरुद्ध गरेपनि आज विधेयक पारित गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रतिनिधिसभाको मंगलबारको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ ।

सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । सोमबारको कार्यसूचीमा यो विधेयक पारित गर्ने उल्लेख थियो । मंगलबार भने कांग्रेसले अवरोध गरे पनि बैठक सञ्चालन गर्ने तयारीमा सभामुख रहेको स्रोतले बताएको छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आआफ्ना सांसदलाई सोमबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका थिए । दुवै पक्षले मंगलबारको बैठकका लागि पनि ह्विप जारी गरेका छन् । काँंग्रेस नेता गगन थापाले जबरजस्ती विधेयक पारित गर्न खोजेर मुठभेड निम्त्याउन खोजे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताए । उनले भने, ‘विधेयक जबरजस्ती पारित गर्न खोजेमा कांग्रेसले संसद्को सीमाभित्र रहेर प्रतिरोध गर्नेछ ।’
नागरिकबाट

Logo