धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताएका छन् । सभापति सबैको साझा ब्यक्ति भएकाले उनीसँग दूरी रहने कारण नै नरहेको उनको भनाई छ ।
३ दिने सुदूरपश्चिम भ्रमणको लागि धनगढी आएका वरिष्ठ नेता कोइरालाले शुक्रबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै १५ औँ महाधिवेशनका लागि आफू स्वभाविक सभापतिको दावेदार रहेको पनि बताएका छन् ।
उनले अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी रहेकाले अन्य कार्यक्रमका लागि देश दौडाहमा निस्किए पनि महाधिवेशनको तयारी स्वभाविक रहेको बताए । उनले पार्टी महामन्त्री गगन थापा र आफूबीच कुनै विवाद नरहेको बताउँदै महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने उल्लेख गरे ।
वर्तमान सरकारका बारेमा सोधिएको जिज्ञासामा कोइरालाले सरकारलाई असफल हुने छुट नभएको पनि बताए ।
सरकारले राम्रा काम गर्नुपर्ने बताउँदै त्यसैका लागि आफू खबरदारी गरिरहेको उल्लेख समेत नेता कोइरालाले गरे । वर्तमान सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै उनले जनतामुखी बन्न सचेत गराए ।































प्रतिक्रिया