जीबी राईसहित १९ जनाविरुद्ध कास्कीमा मुद्दा दर्ता, रवि लामिछानेको आइतबार

जीबी राईसहित १९ जनाविरुद्ध कास्कीमा मुद्दा दर्ता, रवि लामिछानेको आइतबार

केन्द्रबिन्दु
369
Shares

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार पक्राउ परेका र पक्राउ पूर्जी जारी भएका जीबी राईसहित १९ जनालाई पहिलो चरणमा मुद्दा दर्ता गरेको हो । थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसँगै कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।

अघिल्लो मुद्दामा सूर्यदर्शनका पदाधिकारीले वचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको थियो ।

अहिले प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालिन एमडी रवि लामिछाने, पूर्वसञ्चालक छविलाल जोशी, जीबीका साझेदार नेचर हर्बस्‌का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने बताइएको छ ।

Logo