कञ्चनपुर उद्योग बाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल निर्वाचित (नतिजासहित)

कञ्चनपुर उद्योग बाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल निर्वाचित (नतिजासहित)

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । कञ्चनपुर उद्योग बाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल निर्वाचित भएका छन् । १६ औं कार्यकारी समितिको लागि भएको निर्वाचनबाट प्रतिस्पर्धी सन्जीब चन्द्र भट्टलाई पराजित गर्दै मल्ल विजयी भएका हुन् ।

मल्लले १ हजार ६ सय ५८ मत पाउँदा भट्टले १ हजार ३ सय ८१ मत पाए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सन्जीब चन्द्र भट्ट प्यानलका पिताम्बर जोशी विजयी भएका छन् । उनले १ हजार ७ सय ३८ मत पाउँदा प्रतिस्पर्धी माधव प्रसाद जोशीले १ हजार २ सय ५० मत पाए ।

त्यस्तै महासचिवमा  बाशुदेव जोशी निर्वाचित भएका छन् । उनले १ हजार ५ सय ९ मत पाउँदा प्रतिस्पर्धी खगेश्वर प्रसाद वोहराले १ हजार ४ सय ४७ मत पाए ।

बाणिज्य उपाध्यक्षमा १ हजार १ सय ६० मतसहित मदन राज पन्त विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुरेश गुरुङले ७ सय ७७ मत पाए । उद्योग उपाध्यक्षमा ५ सय २७ मत सहित हेमराज जोशी निर्वाचित भए । उनका प्रतिस्पर्धी तेज सिंह कार्कीले ५ सय २ मत पाए ।

सचिवमा गणेशराज चटौत १ हजार ५ सय २ मतसहित निर्वाचित भएका छन् । भने कोषाध्यक्षमा १ हजार ५ सय ८२ मतसहित निर्मला सापकोटा निर्वाचित भएकी छन् ।

त्यस्तै सदस्यहरुमा कृष्ण देब भट्ट (१४६३), कृशानन्द भट्ट (१५२३), यज्ञ राज भट्ट १७८२), धिरज बहादुर चन्द (१५५५), चेत राज जोशी (१५४३), विवेक राज जोशी (१५७१) र महेशराज जोशी (१३१९) निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि केन्द्रबिन्दुलाई छोटो प्रतिक्रिया दिँदैं अध्यक्ष मल्लले विजयी गराउनुहुने सबै मतदातालाई धन्यवाद दिएका छन् । उद्योग व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्ने आफ्नो पहिलो प्रयास हुने अध्यक्ष मल्लको भनाई छ ।

जितपछि टेलिफोनबाट प्रतिक्रिया दिँदैं अध्यक्ष मल्लले भने, ‘अब सबै पक्षलाई मिलाएर लैजानेछु । नीजि क्षेत्रमा देखिएका यावत समस्याहरु समाधान गर्न सबैसँग सहकार्य गरेर अगाडि बढ्नेछु ।’

यो पनि पढ्नुहोसः

‘मेरो उम्मेदवारी विदेशीने युवालाई रोक्न हो’: जंगबहादुर मल्ल

Skip This
Skip This
Logo