सेलिब्रेटी पत्रकार रबि लामिछानेले बैबाहिक सम्बन्ध गाँसेका छन् । लामिछानेले चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसंग बैबाहिक सम्बन्ध गाँसेका हुन्।
उनीहरुले पारिवारिक छलफल र अनुमति अनुसार नै काठमाडौँ जिल्ला अदालतमा गएर विवाह दर्ता गरेका हुन्। रवीले केही बेर अघि फेसबुकमा स्टाटस लेख्दै कानुनी रुपमा बिबाह दर्ता भएको र आगामी बैशाखमा परम्परागत संस्कृति अनुसार विवाह गर्ने जनाएका छन्।
‘हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ ।’ उनले लेखेका छन्।
रबि लामिछानेको स्टाटस
‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्नेछौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो । कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला । हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ ।





























प्रतिक्रिया