नेपाली शेयर बजारमा एकाएक तहल्का मच्चाएको अपर तामाकोशी हाइडोपावर कम्पनीको शेयर निरन्तर ओरालो लागेको छ।
बिहान २८७ रुपैयाबाट कारोबार शुरु भएकोमा साढे १ बजेसम्म २६५ रुपैयामा झरेको छ। कारोबार रकम भने ७७ करोड रुपैयाँ पुगेको छ । झन्डै एक साता उकालो चढेको तामाकोशीको बजार आइतबारदेखि घट्न थालेको हो ।
नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको छ ।
गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको शेयर कारोवार शुरु भएको हो । कम्पनीले १० करोड ५९ लाख कित्ता शेयर सूचीकरण गरेको छ ।





























प्रतिक्रिया