दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिगमा कार जितेका छन्।

आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको छ, तर प्लेपर अफ दी टुर्नामेन्ट भएका ऐरीले ओमोडा कार जितेका हुन् ।

टी२० क्रिकेटमा विश्वका नम्बर २ अलराउन्डर उनले प्रतियोगितामा ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिए। आज फाइनलमा पनि विकेट लिन सफल रहे ।

Logo