फूलचोकी जंगलमा हराएका ३ जना युवायुवतीको उद्धार

फूलचोकी जंगलमा हराएका ३ जना युवायुवतीको उद्धार

केन्द्रबिन्दु
0
Shares

ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फूलचोकी जंगलमा हराएका दुई युवती र एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

नुवाकोट स्थायी घर भएकी १८ बर्षिया मल्लिका तामाङ, १७ बर्षिया मुस्कान तामाङ र महोत्तरी स्थायी घर भएका १९ बर्षिय अभिलेख प्रसाद शाहलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

फूलचोकी जंगलमा घुम्न गएका तीनजना ब्यक्ति हराएको सूचना महानगरीय प्रहरी कन्ट्रोल मार्फत प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग बाँडेगाँउका इन्स्पेक्टर कुमार कटुवालको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको बताइएको छ ।

प्रहरीले उनीहरुलाई उद्धार गरि अभिभावकको जिम्मा लगाएको छ ।

Logo