नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, के छ छलफलका एजेण्डा ?

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, के छ छलफलका एजेण्डा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक दिउसो २ बजे बस्ने भएको हो । आजको बैठकमा बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुने बताइएको छ ।

बुधबार तनहुँको व्यास नगरपालिका १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाई निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो । यसको विरोधमा कांग्रेसले सरकारलाई कडा चेतावनी दिएको थियो ।

आजको पदाधिकारी बैठकमा सरकारले शक्तिको चरम दूरूपयोग गरी वरिष्ठ नेता पौडेललाई दुर्व्यवहार गरेको विषयमा के गर्ने भन्ने रणनीति तय हुने बताइएको छ । विगत लामो समयदेखि कांग्रेसको पदाधिकारी बैठक बस्न सकेको थिएन ।

Skip This
Skip This
Logo