काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ४ अंकको स्पष्ट अग्रता लिएको छ । लिभरपुलले आइतवार टोटेनहमलाई ६–३ गोलले हराएको हो ।
लिभरपुलले आफ्नो रवाफिलो लयलाई जारी राख्ने क्रममा ६–३ गोलको जित निकालेको हो ।
खेलमा कुल ९ गोल भएका थिए । लिभरपुलका लुइस डियाज र मोहम्मद सलाहले समान २, म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले समान १ गोल गरे।
टोटेनहमका जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे ।
लिभरपुलको १६ खेलबाट ३९ अंक पुगेको छ । दोस्रो स्थानको चेल्सीको १७ खेलबाट ३५ अंक छ । चेल्सीले आइतवार एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। टोटेनहम २३ अंकका साथ ११ औं स्थानमा छ ।





























प्रतिक्रिया