काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।
गत शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको महासंघले जनाएको छ ।































प्रतिक्रिया