समयमै काम नसकेको भन्दै कर्मचारीलाई दिईयो यस्तो सजाय

समयमै काम नसकेको भन्दै कर्मचारीलाई दिईयो यस्तो सजाय

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । हामी चीनको बारेमा बेला बेला रोचक रोचक कुरा सुन्दै र पढ्दै आएका छौं । विज्ञान प्रविधिको क्षेत्रमा नयाँ चमत्कार देखि विभिन्न रोचक कुराहरु पनि आउने गरेका छन् । चीनले आफुलाई विश्वमा निकै फरक राष्ट्रको परिभाषा दिँदैं आएको छ ।

त्यही अनुरुप उसले अन्य देशभन्दा फरक प्रतिस्पर्धा गर्दै आएको देखिन्छ । रोचक कुराकै क्रममा एउटा घटना यतिबेला संसारभर चर्चामा छ । समयमै काम नगर्ने कर्मचारीलाई चीनको एक कम्पनीले अनौठो सजाय दिएको छ ।

आफ्नो लक्ष्य पुरा नगर्ने कर्मचारीलाई चीनको एक कम्पनीले चार हात खुट्टाले घस्रेर सडकमा हिड्ने सजाय दिएको हो । जुन सामाजिक सञ्जालमा भाईरल नै बनेको छ ।

कर्मचारीहरुलाई कार्यालय पोशाकमै यस्तो प्रकारको सजाय दिएपछि चीन सरकारले कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । गैरजिम्मेवार कारवाही गरेको भन्दै चिनियाँ सरकारी अधिकारीहरुले उक्त कम्पनीमाथि प्रतिबन्ध लगाएका हुन् ।

Skip This
Skip This
Logo