काठमाडौं । सहकारी ठगी प्रकरणमामा प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेविरुद्ध मुद्धा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।
सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाइएको हो, जुन बैठक भर्चुअल माध्यमबाट बस्ने छ । आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने बताइएको छ ।
रास्वपाको विधानानुसार सभापतिको अनुपस्थितिमा उपसभापति कार्यवाहक सभापति हुन्छन् । हाल रास्वपामा डोलप्रसाद डीपी अर्याल र स्वर्णिम वाग्ले दुई उपसभापति छन् । रास्वपा विधानको धारा २४ को उपधारा ३(२) अनुसार दुई उपसभापतिमध्ये पार्टी सभापतिले तोकेको वा उमेरले ज्येष्ठ व्यक्ति कार्यवाहक सभापति हुन्छन् ।































प्रतिक्रिया