काठमाडौँ । भन्सार विभागका अनुसार यो वर्षको मंसिर महिनामा कुल १ हजार २१० युनिट विद्युतीय कार, जिप र भ्यान नेपालमा भित्रिएका छन् । मंसिरमा सबैभन्दा धेरै ५० देखि १०० किलोवाट क्षमताका गाडी आयात भएका छन् ।
मंसिर महिनामा ५० देखि १०० किलोवाट सम्मका ६४६ युनिट गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसरी आएका गाडी चीनबाट ६१८ युनिट र भारतबाट २८ युनिट आयात भएको हो ।
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिनामा कुल ४ हजार ६९५ युनिट विद्युतीय गाडी आयात भएका छन् ।
चालु आर्थिक वर्ष २०८१–०८२ को ५ महिनामा ११ अर्ब बढीको विद्युतीय सवारी आयात भएको छ । साउनदेखि मंसिर मसान्तसम्म ११ अर्ब २७ करोड २१ लाख रुपैयाँ बढीको ४ हजार ६९७ वटा कार, जिप र भ्यान आयात भएको हो । उक्त सवारी आयातबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
दोस्रो धेरै आयात ५० किलोवाटसम्मका कुल ४४० युनिट आयात भएका छन् । ५० किलोवाट क्षमताभन्दा कमका मोटर जडान भएको गाडी पनि चीनबाट नै धेरै आयात भएका छन् । चीनबाट ३४१ युनिट र भारतबाट ९९ युनिट आयात भएको देखिन्छ ।
यी दुई बाहेक १०१ किलोवाट माथि २०० किलोवाटसम्मको सेग्मेन्टमा १२४ युनिट गाडी आयात भएका छन् ।





























प्रतिक्रिया