राजीनामा मागेपछि सभापति पोखरेलले भने- म कानुनमा विश्वास गर्छु

राजीनामा मागेपछि सभापति पोखरेलले भने- म कानुनमा विश्वास गर्छु

केन्द्रबिन्दु
264
Shares

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सहकारी ठगी प्रकरणमा आफू जुनसुकै परीक्षामा बस्न तयार रहेको बताएका छन् ।

सोमबार बसेको समितिको बैठकमा नेकपा माओवादीका सांसद अमनलाल मोदीले राजीनामा मागेपछि सभापति पोखरेलले भने, ‘मेरो विषयमा कुरा उठ्यो । कानुनी प्रक्रियामा छ । म जुनसुकै परीक्षामा बस्न तयार छु । म कानुनमा विश्वास गर्छु ।’

एमाले नेता तथा लेखा समितिका सभापति पोखरेलकै पहलमा २०६८ सालमा स्थापना भएको उमागौरी कृषि सहकारीमा १४ करोड ५६ लाख रकम हिनामिना भएको पाइएको थियो। उक्त सहकारीमा पोखरेलपत्नी अञ्जला पोखरेल सञ्चालकको भूमिकामा थिइन्। अहिले अञ्जलामाथि पक्राउ पूर्जी जारी भइसकेको अवस्था छ ।

Logo