रास्वपाको कार्यवाहक सभापति बने डीपी अर्याल

रास्वपाको कार्यवाहक सभापति बने डीपी अर्याल

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापति बनेका छन् ।

सहकारी ठगी प्रकरणमामा प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेविरुद्ध मुद्धा दर्ता भएपछि भर्चुअल माध्यमबाट बसेको रास्वपाको सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

लामिछानेका रिहाईमा निरन्तर आन्दोलन गरिरहेको रास्वपा पछिल्लोसमय त्यति प्रभावकारी हुन नसकेपछि आन्दोलनबाट पनि हच्किएको छ । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ । तर, आज संसदीय दलको नेता भने तोकिएको छैन । अहिले उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलको बैठक बस्ने भएको छ ।

Skip This
Skip This
Logo