जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका ७० वर्षीय कैदीको मृत्यु

जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका ७० वर्षीय कैदीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको उपचारको क्रममा मृत्यु भएको हो । उनको आइतबार बिहान भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

उनलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौँबाट चितवन ल्याइएको थियो । एघार वर्ष कैद भुक्तान गर्नुपर्ने विकलाई विसं ०७३ चैत १२ गते जेल चलान गरिएको थियो ।

Logo