ललितपुर । फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको जानकारी प्राप्त भएको छ ।
सोमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको कार्य भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
सोमबार दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जना फोन सम्पर्कमा रहेको उद्धार भएको उनले बताए । हराउनेमध्ये १० जना युवा र तीन युवती थिए ।





























प्रतिक्रिया