सार्वजनिक यातायातमा हुने हिंसा अन्त्य हुन्छः सर्वेन्द्र खनाल (भिडियोमा)

सार्वजनिक यातायातमा हुने हिंसा अन्त्य हुन्छः सर्वेन्द्र खनाल (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियाननै संचालन गर्ने भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियाननै संचालन गर्ने घोषणा गरेका हुन् ।

उनले त्यसका लागि महिला संजाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढने योजना पनि अघि सारे ।

आईतबार महानगरीय परिसर, टेकूकै हाताभित्र निर्माण गरिएको नागरिक सहायता कक्ष भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकैसाथ अघि बढाउन चाहेको समेत स्पष्ट पारे ।

उनले नागरिकको सहायताबिना नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका कुनै पनि दायित्व पूरा गर्न नसक्ने पनि दोहो¥याएका हुन् । प्रहरी महानिरीक्षक खनालले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकसित देशहरुको भन्दा सुमधुर रहेको पनि बताए । सो भवन नेपाल बंगलादेश बैंकको १९ लाख ५० हजार आर्थिक सहायतामा निर्माण गरिएको हो ।

Logo