काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को घरमा अदालतले म्याद टासेको छ । रुपन्देही जिल्ला अदालतले १५ दिनभित्र उपस्थित हुन भन्दै शनिबार विप्लवको कपिलवस्तुको घरमा १५ दिने म्याद टाँसेको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका ९ स्थित घरमा टाँसिएको पत्रमा १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । ‘विप्लव’ र उनका दाई पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ लाई १५ दिनभित्रमा अदालतमा हाजिर हुन भनिएको छ ।
यसअघि भोजपुर जिल्ला अदालतको पत्र पनि टाँसिएको थियो । सरकारले गठन गरेको उच्च स्तरिय राजनीतिक वार्ता टोलीको म्याद सकिएसँगै नेकपाको नेता-कार्यकर्ताको घरमा पक्राउ पूर्जी र अदालतमा उपस्थित हुन आदेश गरिएको पत्र टाँसिन सुरु भएको छ ।
अदालतको आदेश रिहा भएका प्रवक्ता प्रकाण्ड र पोलिट्ब्यूरो सदस्य मोहन कार्की अदालतमा उपस्थित नभएको भन्दै घरमा उदयपुर अदालतको पत्र टाँसिएको थियो ।
निर्वाचन खारेज अभियानताका भएका विभिन्न गतिविधिहरुमा संलग्न रहेको भन्दै पूर्जी टाँसेको हो । आगजानी अन्तर्गत मुद्दा रहेको भन्दै विप्लव र वीरजंग दुवैलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आग्रहसहित जिल्ला अदालत रुपन्देहीका कर्मचारीले पूर्जी टासेका हुन् ।





























प्रतिक्रिया