मोटरसाइकल बजारमा यस वर्ष देखिए १२५ सीसीदेखि १३०० सीसीसम्मका यी रोचक बाइक

मोटरसाइकल बजारमा यस वर्ष देखिए १२५ सीसीदेखि १३०० सीसीसम्मका यी रोचक बाइक

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । अहिले बजारमा १२५ सीसीका बाइकदेखि ६५० सीसीसम्मका क्रुजर बाइक बिक्री हुने गरेका छन् । यस्तोमा होन्डा, बजाज, यामाहा, टीभीएस, हिरो जस्ता ब्राण्ड ग्राहकको रोजाइमा पर्ने गरेका छन् ।

यद्यपि बजारमा हरेक राइडरको आवश्यकता पूरा गर्न बाइक डिजाइन गरिएका छन् । सन् २०२४ मा भारतीय मोटरसाइकल बजारमा केही नयाँ र रोचक मोडलहरू देखिएका छन् । यसमा १२५ सीसी बाइकदेखि ६५० सीसी क्रुजर बाइकसम्म रहेको छ । यो वर्ष बजारमा उपलब्ध मोटरसाइकलमा केही विशेष क्षमता रहेका छन् ।

यीमध्ये अधिकांश मोडल नेपाली बजारमा उपलब्ध नभए पनि भविष्यमा आउने सम्भावना छ ।

बजाज पल्सर एन १२५
पल्सर एन १२५ मा १२४ सीसी एयर कुल्ड इन्जिनको साथ नयाँ डिजाइन गरिएको छ । यसमा जडान गरिएको इन्जिनले १२ बीएचपीको पावर र ११ एनएमको टर्क जेनेरेट गर्छ । यसमा डिजिटल ड्यास र ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर प्रदान गरिएको छ । यसको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ । यसको मूल्य ९३ हजार ९०० भारु रहेको छ ।

हिरो एक्सट्रिम १२५आर
हिरोको एक्सट्रिम १२५आरमा १२५ सीसीको इन्जिन जडान गरिएको छ, जसले ११.५५ पीएसको पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ । यसको मूल्य १ लाख ४ हजार भारु छ ।

बजाज फ्रिडम १२५
पेट्रोल र सीएनजी दुबैमा चल्न सक्ने बजाज फ्रिडम १२५ विश्वको पहिलो सीएनजी मोटरसाइकल हो । यसमा १२५ सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले ९.३ बीएचपी पावर र ९.७ एनएमको टर्क जेनेरेट गर्छ। कम्पनीका अनुसार यस बाइकले सीएनजीमा १०२ किलोमिटर र पेट्रोलमा प्रतिलिटर ६५ किलोमिटर माइलेज दिन्छ । यसको मूल्य ८० हजार भारु रहेको छ ।

बीएसए गोल्ड स्टार ६५०
बीएसए गोल्ड स्टार ६५० एक रेट्रो स्टाइलको ६५० सीसी सिंगल सिलिन्डर बाइक हो, जसले ४५.६ पीएस पावर र ५५ एनएम पीक टर्क उत्पादन गर्छ। सो बाइक मार्फत बीएसए भारतमा पुनः प्रवेश गरेको हो । सो बाइक विशेष गरी क्लासिक बाइक मन पराउने राइडरको लागि बनाइएको हो । यसको मूल्य २ लाख ९९ हजारदेखि ३ लाख ३५ हजार भारुसम्म छ ।

बीएमडब्ल्यु आर १३०० जीएस
बीएमडब्ल्यु आर १३०० जीएसमा १३०० सीसी, लिक्विड कुल्ड, फ्ल्याट–ट्विन इन्जिन छ, जसले १४५ पीएसको पावर र १४९ एनएमको टर्क उत्पन्न गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्स र स्लिप एण्ड असिस्ट क्लचसँग जोडिएको छ। सो बाइकको इलेक्ट्रोनिक सुइट उत्कृष्ट छ र यो लामो दूरीको यात्राका लागि निकै सहज पनि छ । यसको मूल्य २० लाख ९५ हजार भारु छ ।

जावा ४२ एफजे
जावा ४२ एफजेमा ३३४ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले २९.२ पीएस पावर र २९.६ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स र स्लिप एण्ड असिस्ट क्लच रहेको छ । यसको मूल्य १ लाख ९९ हजारदेखि २ लाख २० हजार भारु छ ।

बजाज पल्सर एनएस४००जेड
पल्सर एनएस४००जेडमा ७३ सीसी सिंगल सिलिन्डर इन्जिन छ, जसले ४० पीएस पावर र ३५ एनएम टर्क जेनेरेट गर्छ। यसलाई स्लिप एण्ड असिस्ट क्लचको साथमा ६ स्पिड गियरबक्ससँग जोडिएको छ। यसमा यूएसडी फोर्क्स, ड्युअल च्यानल एबीएस र एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल जस्ता फिचर रहेको छ । यसको मूल्य १ लाख ८५ हजार भारु छ ।

रोयल इन्फिल्ड गुरिल्ला ४५०
रोयल इन्फिल्ड गुरिल्ला ४५० मा ४५२ सीसी लिक्विड–कुल्ड इन्जिन प्रयोग गरेको छ, जसले ४०.०२ पीएस पावर र ४० एनएम पीक टर्क उत्पन्न गर्छ। यसको मूल्य २ लाख ३९ हजारदेखि २ लाख ५४ हजार भारुसम्म छ ।

Skip This
Skip This
Logo