आजदेखि राजपाको संयोजक महेन्द्र राय यादव

आजदेखि राजपाको संयोजक महेन्द्र राय यादव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आजदेखि नयाँ संयोजक पाएको छ । शनिबार राजधानीमा बसेको पार्टीको बैठकले चक्रीय प्रणाली अनुसार आजदेखि महेन्द्र राय यादव संयोजक भएका हुन् ।

यसअघि गत मंसिर ४ गते राजेन्द्र महतोलाई पार्टीको अध्यक्ष मण्डलको संयोजक बनाईएको थियो । शनिबारको राजपा बैठकले आन्दोलनका सहिदका परिवारलाई सहयोग गर्न सहिद कल्याण कोष स्थापना गर्ने र माघ १६ गते केन्द्रीय परिवेक्षकको उपस्थितिमा जिल्ला सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक गर्ने निर्णय समेत गरेको थियो ।

Logo