काठमाडौँ
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाईडबडी विमान खरिद प्रकरण पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा, र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा र सहमतिमा भएको देखा परेको गम्भिर आरोप लगाएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले भने, ‘यो काण्ड दुई भुतुपुर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा र सहमतिमा भएको देखा परेको छ । यसमा को के पदमा छ भन्ने प्रश्नलाई गौण राखी दोषीलाई जो सुकै भएपनि छानबिन गरी निश्कर्षमा पुग्नपर्छ भन्ने हाम्रो पार्टीको माग छ ।’
साक्षात्कारमा बोल्दै वाईडबडी जहाज खरिद काण्डमा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदलाई ढाँटेको आरोप लगाए । उनले भने , ‘यो प्रकरणमा संसदलाई मन्त्रीले ठाडै ढाँटे । संसदलाई ढाँट्नु भनेको ‘अब्स्ट्रक्शन अफ जष्टिस’ हो । अरु देशमा भएको भए कारबाही हुन्थ्यो ।’
वाईडबडी प्रकरणमा छानबिन गर्न र सत्य, तथ्य बाहिर ल्याउनको लागि पर्यटनमन्त्री अधिकारीले तत्काल राजिनामा दिनुपर्ने पनि माग गरे । उनले भने, ‘लेखा समितिले कारबाहीको सिफारिश गरेको छ । यो यथार्थताको परिवेशमा नेपाल सरकारका पर्यटनमन्त्रीले अविलम्ब राजिनामा गर्नुपर्दछ । र अख्तियारले अविलम्ब छानबिन सुरु गर्नुपर्छ ।’
राजधानीबाट































प्रतिक्रिया