काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मुक्त गर्न डोनाल्ड ट्रम्पले दबाब दिएका छन् । ट्रम्पका विशेष मिसनका लागि नियुक्त दूत रिचर्ड ग्रेनेलले भ्रष्टाचारको आरोपमा हिरासतमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक खानको रिहाइको माग गरेका हुन् ।
खान सत्तामा आएपछि पाकिस्तानसँगको सम्बन्ध सुधार भएको उनको भनाइ थियो । ट्रम्प प्रशासनको समयमा इमरान खान पाकिस्तानको नेता हुँदा पाकिस्तानसँग धेरै राम्रो सम्बन्ध रहेको उनले बताएका छन् ।
‘उहाँ पूर्वक्रिकेट खेलाडी हुनुहुन्थ्यो र वास्तवमा पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका कप्तान हुनुहुन्थ्यो । उहाँ राजनीतिज्ञ हुनुहुन्नथ्यो र उहाँ धेरै सामान्य ज्ञानको भाषामा बोल्नुहुन्थ्यो । उहाँ र डोनाल्ड ट्रम्पबीच निकै राम्रो सम्बन्ध थियो ।’ ग्रेनेलले भने, ‘म इमरान खानलाई जेलबाट रिहा भएको हेर्न चाहन्छु ।































प्रतिक्रिया