पुस महिनाभर लुयान इलेक्ट्रिक स्कुटरको विन्टर एक्सचेन्ज अफर, १० हजारसम्मको छुटको व्यवस्था

पुस महिनाभर लुयान इलेक्ट्रिक स्कुटरको विन्टर एक्सचेन्ज अफर, १० हजारसम्मको छुटको व्यवस्था

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । लुयान इलेक्ट्रिक स्कुटर ब्राण्डको विन्टर एक्सचेन्ज अफर पुस महिनाको अन्त्यसम्म चल्ने भएको छ । ग्राहकहरूलाई आफ्नो पुरानो पेट्रोल वा इलेक्ट्रिक दुईपांग्रे सवारीसाधनलाई स्मार्ट, हरित र प्रभावकारी नयाँ लुयान इलेक्ट्रिक स्कुटरमा परिवर्तन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले लुयानले यो विशेष अफरको घोषणा गरेको जनाएको छ ।

अफरमा कम्पनीले रु १० हजारसम्मको छुटको व्यवस्था गरेको छ । ग्राहकहरुले उक्त अफरमा हेल्मेट, स्कुटर कभर जस्ता निःशुल्क उपहार पनि पाउन सक्नेछन् । कम बजेट भएका ग्राहकलाई डाउनपेमेन्ट र कम ब्याज दरसहितको ईएमआई सुविधा पनि प्रदान गरेको लुयान नेपालका सेल्स हेड शंकर शर्माले बताए छ ।

उच्च माइलेज, शक्तिशाली मोटर र दीर्घकालीन ब्याट्रीको साथ लुयान इलेक्ट्रिक स्कुटरहरू आकर्षक डिजाइन, आधुनिक प्रविधि र भरपर्दो प्रदर्शनका लागि प्रख्यात छन् ।

Skip This
Skip This
Logo