काठमाडौँ । साङ्ग्रिला मोटर्स प्रालिले ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ को घोषणा गरेको छ । यही पुष १२ र १३ गते गैरीधाराको सिल्भर ओकमा आयोजना हुन लागेको दुई–दिने यस कार्यक्रममा नयाँ वर्षको सुरुवातसँगै अटोमोटिभ दुनियाँका उत्कृष्ट अनुभवहरू अन्वेषण गर्ने अवसर प्राप्त हुने जनाइएको छ ।
कार्निभललाई नयाँ वर्ष जस्तै नविनतम एवम् अविस्मरणीय उत्सवका रूपमा सम्पन्न गर्ने लक्ष्यसहित कम्पनीले तीन उल्लेखनीय अटोमोटिभ ब्रान्ड–लिप मोटर, सिट्रोन, र प्युजो प्रदर्शन गर्दै छ ।
कार्यक्रममा सहभागीहरूले आफ्नो पुरानो गाडीका लागि उत्कृष्ट मूल्याङ्कन र सहज फाइनान्सिङ सुविधाको उपयोग गर्न सक्नेछन् । जसमा उनीहरुले आफूले चाहेको गाडी खरिद गर्न सक्नेछन् ।
कार्यक्रममा सहभागी भएर लिप मोटर, सिट्रोन र प्युजो गाडीको लक्जरियस, प्रफर्मेन्स र आधुनिक प्रविधिको विशेषताहरू प्रत्यक्ष अनुभव गर्न पाइनेछ । सहभागीहरूलाई नयाँ मोडेलहरूको टेस्ट ड्राइभ गर्ने अवसर पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया