काठमाडौँ । केईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी ग्राहकलाई ३० वटा गाडी हस्तान्तरण गरिएको हो ।
एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने यो नयाँ कारमा सिएटिएलले उत्पादन गरेको २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । मिनी ईभी ई–क्युट०४ ले ईन्ट्री लेबल ईभी पारखीलाई आकर्षित गर्दै आएको कम्पनीले जनाएको छ ।
कारमा ४० किलोवाट क्षमताको पिएमएसएम मोटर जडान गरिएको छ । ११० एनएम टर्क जेनेरेट गर्ने यस कारले फास्ट चार्जर समेत सपोर्ट गर्ने जनाइएको छ ।
कारको ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ भने बुट स्पेस २३७ लिटर छ । साथै यसमा सेन्ट्रल एलसिडी टचस्क्रिन, ब्लुटुथ कनेक्टिभिटी, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, किलेस इन्ट्रि, वन–टच स्टार्ट, इलेक्ट्रिक डोर ह्यान्डल, एड्भान्स इनर्जी रिकोभरी सिस्टम र ६ वटा स्पिकर समेत पाउन सकिन्छ ।
लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले यसको सुरुवाती मुल्य २४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ । सुरक्षाका लागि कारमा एबिएस, ईबिडी, एएसआर, टिसिएस, डुअल एयरब्याग र टायर प्रेसर मोनिटरिङ सिस्टम लगायत थुप्रै फिचर दिइएको छ ।





























प्रतिक्रिया