देवघाटका भाईरल ‘म्यान’ भिमबहादुरसँग रमाईलो कुराकानी (भिडियोमा)

देवघाटका भाईरल ‘म्यान’ भिमबहादुरसँग रमाईलो कुराकानी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अहिले सामाजिक सञ्जालमा सानो कद भएका केहिँ व्यक्तिहरु भाइरल हुने एक प्रकारको लहर नै लागेको छ । त्यसै मध्येका एक हुन् भिम बहादुर विक। होचो कद, हँसिलो र निर्दोष अनुहारका भिम बहादुर विक उमेर ५० कटिसके ।

उनी निकै चुलबुले स्वभावका छन् । उनको उमेर यति धेरै भयो भनेर कसैले पनि पत्याउदैंनन् । तर उनी उनी त्यसलाई आफ्नो परिचय नै देखाईदिन्छन् ।

गैँडाकोटमा जन्मिएका भिमबहादुर घर देखि करिब दुई घण्टा टाढा नारायणघाट नजिकको धार्मिकस्थल देबघाटमानै आफ्नै दैनिक गुजारा चलाउँदैं आएका छन् । उनका आमा बुवा गाउँमै खेती किसानी गर्छन । शारीरिक असक्तताका कारण उनी स्कूल पढ्न गएनन् । अर्को कुरा स्कूल जाँदा दुइ-दुइ ओटा पुल तरेर जानुपर्ने हुँदा एक कक्षा पनि पढेनन् ।

करिब २२ वर्ष देखि मागेर बस्दा पनि उनलाई कसैले नचिनेको तर, अहिले मिडियाकर्मीहरुको नजर उनिमाथि परे पछि केहि सहज भएपनि खासै उपलब्धि भने नभएको उनी बताउँछन् ।

दिनभरि घाम पानी केहि नभनी मागेर जम्मा गरेको रकम बेलुका घर फर्किएर आमालाई दिन्छन् । तिनै भिमबहादुरसँग केन्द्रविन्दुकर्मी अनुपम भट्टराईले देवघाटमा भेट गरेका छन् । भेटको क्रममो उनले रमाईलो भलाकुसारी समेत गर्न भ्याए । हेरौं तलको भिडियोमाः

 

Logo