संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक कानून समितिको सभाकक्षमा दिनको १२ः१५ बजे बस्दै छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बिहान ११ः०० बजे बस्दै छ ।

Skip This
Skip This
Logo