मेला महोत्सवले देशको अर्थतन्त्रलाई सहयोग पुग्छः मन्त्री सिंह

मेला महोत्सवले देशको अर्थतन्त्रलाई सहयोग पुग्छः मन्त्री सिंह

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताएका छन् ।

शुक्रबार भक्तपुरमा मध्यपुर महोत्सव उद्घाटन समारोहमा उनले महोत्सवमा सबै मौलिक सामानहरु रहेको भन्दै यसबाट देशको अर्थतन्त्र पनि सुधार हुने बताए ।

यसका साथै, काम गर्ने इच्छा भए देशभित्रै सम्भावना भएको कुरा पनि महोत्सवले देखाउन खोजेको उनको भनाइ छ । उनले भने, ‘नेपालमा नै बसेर के गर्न सकिन्छ र भन्ने खालको भाष्य नेपालमा बसेको छ । तर काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनको लागि महोत्सवले धेरै ठूलो प्रत्यक्ष रुपमा प्रभाव पार्छ ।’

यस्तै, उनले यो महोत्सवले ठिमीभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु ल्याउन सहयोग गर्ने भन्दै यो सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मध्यपुर ठिमीभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनको लागि महोत्सव आयोजन भएको छ । महोत्सवको लागि जति मेहेनत गर्नुभएको छ र जुन लक्ष्य राख्नुभएको छ त्यो पूरा हुन्छ भन्ने पूरा विश्वास छ । हाम्रो संस्कृतिहरू जोगाउन महोत्सवले टेवा पुगाउने विश्वास गरेको छु ।’

Skip This
Skip This
Logo