काठमाडौँ । हुन्डाई आयोनिक ५ ईभीले इलेक्ट्रिक कारले गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ । इभो इन्डियाका ड्राइभरहरूको व्यावसायिक टिम सहभागी भएर सबैभन्दा धेरै उचाइ र गहिराइमा पुग्ने प्रयास स्वरूप हुन्डाई आयोनिक ५ ईभीले रेकर्ड कायम गरेको हो ।
सो रेकर्ड प्रयास हुन्डाई मोटर इन्डिया लिमिटेडले आयोजना गरेको थियो । यसका लागि आयोनिक ५ ले सबैभन्दा धेरै उचाइमा रहेको ड्राइभ गर्न सकिने विन्दु ५ हजार ८०२ मिटरको उचाइसम्मको यात्रा गरेको हो ।
कम्पनीका अनुसार सो यात्रा भारतको सबैभन्दा अग्लो ड्राइभयोग्य प्वाइन्ट समुद्री सतहभन्दा ५ हजार ७९९ मिटर अग्लो स्थानमा रहेको लेह लद्दाखस्थित उम्लिङ लाबाट सुरु भएर समुद्री सतहबाट तीन मिटर गहिराइमा रहेको केरलाको कुट्टानाड पुगेर टुंगिएको थियो ।
उक्त असाधारण उपलब्धिका लागि ४ हजार ९०० किलोमिटरको सहज र जटिलतासहितको यो यात्रा १४ दिनमा पूरा गरेको कम्पनीले बताएको छ ।































प्रतिक्रिया